भेरी नदीमा बेपत्ता तीनै जनाको शव भेटियो

सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए । लेकवेशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका-११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव शव भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको डीएसपी घर्तीले बताए ।साभार अनलाईन खबर

Back to top button