चितवनको माडीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरकाे नोक्सानी

काठमाण्डाै – चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी हुँदा  ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दानालगायत जलेर नष्ट भएको छ।

यस्तै फार्ममा रहेको १२ सय कुखुरा र झण्डै एक हजार चल्ला नष्ट भएको उहाँले जानकारी दिनुभयो । बिहान साढे ४ बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका छन् ।आगलागीको कारण भने खुल्न सकेको छैन ।साभार उज्यालो अनलाईन

Back to top button