सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डाै – हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो ।आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।साभार उज्यालो अनलाईन

Back to top button