जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प : दुई जनाको ज्यान गयो, कम्तीमा ९० जना घाइते

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो । फुकुशिमा आणविक प्लान्टलाई ध्वस्त बनाएको थियो भने प्लान्टबाट विकिरण चुहिएर विपत्ति निम्तिएको थियो ।साभार उज्यालो अनलाईन

Back to top button