नेपाली काँग्रेसले नेवि संघ पर्वतको अध्यक्षमा सन्तोष पाठकलाई मनोनित

पर्वत) । नेपाली काँग्रेसले नेपाल बिद्यार्थी संघ (नेवि संघ) पर्वतको अध्यक्षमा सन्तोष पाठकलाई मनोनित गरेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ तदर्थ समितिको अध्यक्षतामा पाठकलाई मनोनित गरिएको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन गरिएको नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले जानकारी दिनुभयो ।

तदर्थ समितिलाई नेपाल विद्यार्थी संघको आगामी १२ औं जिल्ला अधिवेशन केन्द्रिय समितिले तोकेको समयमा सम्पन्न गर्ने जिम्मेबारी दिइएको छ । आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न गर्नेछ ।

तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी अध्यक्षहरु अर्को अधिवेशनमा उम्मेदवार हुन नपाउने विज्ञप्तिमा उल्लेख छ । तदर्थ समितिले सम्पूर्ण रिक्त तहहरुमा अधिवेशन गर्नुपर्नेछ । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले तोकेको समय भित्र अधिवेशन नभएमा तदर्थ समिति स्वत खारेज हुनेछ । संघको तदर्थ कार्य समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।

पाठकलाई जिम्मेवारी हस्तान्तरण गदै पार्टी सभापति जोशीले आगामी निर्वाचनमा दुई तिहाई लिएर पार्टीलाई जिताउने आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै पार्टीका सबै भातृ संस्थाले अक्षरांश पालन गर्न आग्रह गर्नुभयो । उहाँले १४ औँ महाधिवेशन पछि काँग्रेसमा गुट र उपगुटको अन्त्य भएको घोषणा गदै पार्टी सभापति जोशीले योग्य र सक्षम व्यक्तिलाई छनोट गरेर कार्य समिति बिस्तार गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष पाठकले नेपाली काँग्रेस पर्वतले दिएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताउनु भयो । लामो समयदेखी नेवि संघमा बसेर काम गरेको अनुभवलाई अवसरमा बदल्ने उद्घोष गर्नुभयो ।उक्त कार्यक्रममा नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, नगरका पार्टी सचिव एवम् नेपाल विद्यार्थी संघ पर्वतका पूर्व उपाध्यक्ष रामचन्द्र पौडेल (आर.सी) लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाका सभापति अजय पोखरेलले गर्नुभएको थियो ।

को हुन् पाठक ?
नेपाल विद्यार्थी संघ पर्वतको तदर्थ समितिको अध्यक्ष भएका पाठक सानै उमेर देखी नेवि संघको राजनितिमा सक्रिय थिए । पर्वतको फलेवास नगरपालिका–११ पाङराङ निवासी पाठक नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सभापति हुन् । उनी तत्कालीन अवस्था नेवि संघ पर्वतका जिल्ला सदस्य समेत हुन् । पाठक नेवि संघ भित्र शालिन र इमान्दार नेताको रुपमा चिनिन्छन् ।

Back to top button