घट्दै सुनको भाउ, आज फेरि १२ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ  थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँकाअनुसार अहिलेको बजार भाउलाई हेर्दा सुनको भाउ फेरि केही घट्ने देखिएको छ । गएको बुधबार सुनको भाउ अहिलेसम्म कै उच्च एक  लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । साभार उज्यालो अनलाईन

Back to top button