पर्वतको बिहादी गाउँपालिकाको प्रसासनिक भवनको तिमिल्सीनाद्धारा उद्घाटन

पर्वत । पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गर्नु भएको हो । २०७७ साल जेठदेखि निर्माण शुरु भएको भवनको २०७८ माघमा काम सम्पन्न भएको थियो । रु. ३ करोड १५ लाख ५५ हजार ८ सय रुपैयाँ लागतमा निर्मित भवनमा २० वटा कोठा रहेका छन् । भवन निर्माणको जिम्मा धुलिखेल निर्माण सेवाले पाएको थियो । निर्धारित समय भन्दा आगावै भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव्र दयालले जानकारी दिनुभयो ।

भवन उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुथ कब्जा गरेर नभई जनताको मन कब्जा गरेर चुनाव जित्न आग्रह गर्नुभएको छ । अबको झण्डै २ महिनामा स्थानीय तहको निर्वाचन हुँदैछ उहाँले भन्नुभयो–‘धेरै पैसा खर्च गर्ने, पद, पैसा र शक्ति दुरुपयोग गरेर चुनाव आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा भन्दा पनि नागरिकको मन जितेर परिणाम आफ्नो पक्षमा पार्नुपर्नेमा जोड दिनुभएको छ । लोकतन्त्रको मुल मर्म नै स्वच्छ, निष्पक्ष र धाँदलीरहित बातावरणमा नागरिकले मतदान गर्न पाउनुपर्ने बताउँदै राजनीतिक दलहरुले बल प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले पाँच वर्षमा राजनीतिक दलहरुले गरेका कामको मुल्यांकनका आधारमा नागरिकले स्वतन्त्र भएर मत हाल्ने बातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै अबको युगमा नागरिकनै दलहरुको मुल्यांकन गर्ने अवस्थामा पुगिसकेको बताउनुभयो । अघिल्लो निर्वाचनका बेला जनतालाई बाडिएका घोषणा पत्र अनुसारका काम भएकी भएनन् भनेर मुल्यांकन गर्ने बेला आएको बताउँदै जनताको पक्षमा जसले काम गरेको छ नागरिकले उसैलाई चुन्ने भएकाले कानून विपरितका काम गरी चुनाव जित्ने सपना नदेख्न आग्रह गर्नुभएको छ । लोकतन्त्रका लागि एकजुट भएर लडेका दलहरु मुलुकको विकास र समृद्धिमा समेत एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पछिल्लो पाँच वर्षमा पर्वत जिल्लामा थुप्रै विकास निर्माणका काम भएको बताउँदै यि कामहरुलाई आगामी नेतृत्वले समेत निरन्तरता दिनुपर्ने बताउनुभयो ।

फरक दलले जितेपछि अघिल्लो सरकारका कामलाई निरन्तरता नदिने प्रबृत्ति हावी हुँदै गएको बताउँदै यसले मुलुक अस्थिरतातर्फ जाने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री विकास लम्साल, संविधान सभा सदस्य गुणाखर बस्याल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, एमाले प्रदेश कमिटि सदस्य खोबनाथ ज्ञवाली, नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति खिमप्रसाद भुसाल, क्षेत्रीय सभापति परविन गुरुङ, एमाले पालिका कमिटि अध्यक्ष ओम कुँवर, काँग्रेस पालिकाका अध्यक्ष विष्णु भुसाल, माओवादीका ऋषिराम भुसाल, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायतले बोल्नुभएको थियो । विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष डम्बरकुमारी गुरुङ र संचालन शिक्षा अधिकृत दिनेश भुसालले गर्नुभएको थियो ।

Back to top button