नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ ।सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका विदेशमन्त्री राजकुमार फैसलले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।साभार ईमेज खबर

Back to top button