इन्जिनियर्स एशोसिएसनको अधिवेशनमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ ।चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा गरेकाथिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुई जना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।

नेपाल इन्जिनियर्स एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्र प्रसाद श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । श्रेष्ठले एमाले निकट जीवन अर्याललाई ८३ मत अन्तरले पराजित गर्नुभएकाे हाे । श्रेष्ठले ४ सय ९९, अर्यालले ४ सय १६ र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी निकट संयुक्त प्यानलका ओमप्रसाद सापकोटाले ८१ मत प्राप्त गर्नुभएकाे निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिनुभयो । त्यस्तै, केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् ।

मिश्रले एमाले निकट जयलाल मरासिनीलाई २६ मतले पराजित गर्नुभयाे। मिश्रले ४६४,मरासिनीले ४३८ र रामधन श्रेष्ठले ७६ मत प्राप्त गर्नुभयाे। उपसभापतिमा लेखबहादुर बस्नेत विजयी हुनुभएकाे छ ।बस्नेतले ४९२ मत ल्याउँदा एमालेका बृषेश वैश्यले ३५४ र दिवाकर प्याकुरेलले १ सय १४ मत ल्याएका छन् । सचिवमा ४ सय २९ मतसहित गोविन्द पंगेनी विजयी हुँदा एमालेका विवेक लामिछानेले ३ सय ७६ र अरुण खनालले १ सय ७६ मत प्राप्त गर्नुभयाे।त्यस्तै, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी हुनुभएकाे छ ।साभार ईमेज खबर

Back to top button