काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले सबै ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ ।सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ ।

यस पटकको अधिवेशनमा काँग्रेसभित्र परम्परागत गुटहरु भत्किए भने नयाँ समूह बनेकाे थियो । सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुबै पक्षले कतिपय जिल्लामा एउटै उम्मेदवार बनाउन नसक्दा आपसमै प्रतिष्पर्धा भएकोथियो ।गत मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको काँग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेकोथियो । बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो ।

६१ जिल्ला अधिवेशन सम्पन्न गर्दा देउवा र रामचन्द्र पौडेल पक्ष बनेर देशभर प्रतिष्पर्धा गरेका काँग्रेसीहरु महाधिवेशनमा देउवासँग कोइराला भिडेपछि बाँकी जिल्लामा देउवा–कोइराला पक्ष बनेर मैदानमा उत्रिएकाथिए ।महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई सघाउँदा उम्मेदवारी नपाएपछि पौडेल मौन बस्नुभएको थियो । पहिलो चरणमा देउवा, कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच सभापतिमा प्रतिष्पर्धा भएकोथियो ।

दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुँदा निधि र सिंहले देउवालाई समर्थन गरेकाले उहाँ विजयी बन्नुभएको थियो । सिटौला, निधिसहित सभापति देउवा पक्षमा ४४ जिल्ला सभापति विजयी हुँदा कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन् । गोरखा, मनाङ, मुस्ताङलगायत केही जिल्लाका सभापति भने सर्वसम्मत चुनिएकाथिए ।यसैबीच, आइतबार सम्पन्न बारा जिल्लाको अधिवेशनबाट सभापतिमा राजेश राय यादव निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा यादवले १२ सय ६ मत ल्याई शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्नुभएको हो ।उता, सिन्धुपाल्चोकमा भने दोस्रो चरणमै जंगबहादुर तामाङले वंशलाल तामाङलाई ६४ मत अन्तरले पराजित गर्नुभयो ।साभार ईमेज खबर

Back to top button