देशभर गर्मी बढ्दो : काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुग्यो

काठमाण्डाै – देशभर गर्मी बढ्दो छ । आज पनि देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

आज पनि यही आसपासमा अधिकतम तापक्रम पुग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै, धरानको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । अस्ति धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएकाे थियाे ।

विराटनगर, जनकपुरसहित देशका धेरै ठाउँमा अस्तिको भन्दा हिजो गर्मी बढेको थियो । मौसमविद् सापकोटाले आज पनि हिजोको भन्दा गर्मी धेरै हुने अनुमान रहेको बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनमा तापक्रम बढ्दै जानु नौलो कुरा भने होइन ।हरेक वर्ष प्रि-मनसुनको समयमा गर्मी बढ्छ । तर, जलवायु परिवर्तनको असरका कारण विश्वकै मौसममा परिवर्तन भइरहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हुनसक्ने उहाँको भनाइ छ ।साभार उज्यालो अनलाईन

Back to top button