कोरियन भाषा परीक्षाको लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन पाइने

काठमाण्डाै – कोरियन भाषा परीक्षाको लागि आउँदो चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता गर्न पाइने भएको छ ।कोरियामा गएर काम गर्न इच्छुक नेपालीका लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाउन लागेको हो । कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।यस्तै उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सिप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।

सूचना :

साभार उज्यालो अनलाईन

Back to top button