सुन आज तोलामा एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । साभार उज्यालो अनलाईन

Back to top button