लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३६ वर्षीय रेस बहादुर सार्की रहेका छन् ।

शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट राजबंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने शनिबारै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले सार्कीलाई घरमै ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो ।पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।साभार ईमेज खबर

Back to top button