युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । अब जुनसुकै बेला पनि लडाइँ कीभमा प्रवेश गर्न सक्नेछ ।

रुसले युक्रेनमाथि हमला गरेको आइतबर १८ दिन पुगेको छ । रुसले युक्रेनमा धेरै जसो संरचनाहरु ध्वस्त पारेको छ । तर पनि युक्रेनी सेनाले हार भने मानेको छैन । कीवलाई रुसी सेनाले युद्ध ट्यांकले घेरेका छन् । कीव कब्जाका लागि अघि बढेको रुसी सेनाले युक्रेनमा धेरैजसो शहर कब्जामा लिएको छ । सबैतिर विस्फोटका अवाजका कारण युक्रेनी नागरिकमा डर र त्रास बढेको छ । १५ लाख भन्दा बढि युक्रेनका नागरिक युद्धबाट जोगिन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।

रुसले सबैतिर आक्रमणको निसाना बनाएपछि युक्रेनमा महिला बालबालिका र बृद्धबृद्धाको अवस्था निकै गम्भीर बनेको छ । रुसले युक्रेनको मारिउपोल शहर कब्जामा लिएपछि त्यहाँका मानिसहरु थारै खाना र पानी बीना दिन र रात काट्न बाध्य भएका छन् । युद्धका कारण पानी र बिजुलीको लाइन ध्वस्त भएका छन् ।

कीभमा ठूलो आक्रमणको लागि रुसी सेना तयार अवस्थामा बसेको छ । रूसी सेनाले किभ नजिकैको एउटा गाउँ खाली गर्न महिला र बालबालिका माथि गोली हानेको र त्यसमा सात जनाको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनका सबै शहरहरुमा युद्धको साइरन बजेको संचारमाध्यमहरुले जनाएका छन् ।अहिलेसम्म रुसले युक्रेनमाथि आक्रमण गर्दा युक्रेनका १३ सय सेनाको ज्यान गएको छ भने धेरै नागरिकाको ज्यान गएको छ ।साभार ईमेज खबर

Back to top button