भक्तपुर र वीरगन्जमा कुखुरामा बर्डफ्लू देखा पर्‍याे

काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ। यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो ।त्यस्तै ,वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखापरेको छ ।

वीरगन्ज महानगरपालिका-१५ भेडियाहीस्थित सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लू देखिएको हो । बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् ।फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरू पनि नष्ट गरिएको छ।

बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल गरिएको छ ।भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी गरिएको छ ।साभार ईमेज खबर

Back to top button