दिल्लीमा आगलागीमा परि सात जनाको ज्यान गयाे

भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।दिल्लीको गोकुलपुरीमा गएराति लागेकाे आगाेमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलको अवलोकन गर्ने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साभार उज्यालो अनलाईन

Back to top button