पर्वतमा सवारी चेकिङमा कडाई, राजश्वमा बृद्धि

पर्वत। लामो समयदेखी स्थागित भएको सवारी चेक जाँचलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पुनः सुचारु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रश्चात रोकिएको सवारी चेकजाँचलाई ट्राफिक प्रहरी कार्यालयले पुन ः सुचारु गरेको हो । चेकजाँचलाई कडाईका साथ सुचारु गरेसँगै एक महिनाको अवधिमा पाँच लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम नारायण श्रेष्ठका अनुसार फागुन महिनामा मात्रा ८ सय सवारी साधन कार्बाहीमा परेका छन् । जसबाट पाँच लाख १८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको त्रीबर्षिय तथ्याङक हेर्दा राजश्व संकलन कार्यमा उल्लेखनीय सुधार भएको देखिन्छ । कोरोना भाइरस जस्ता महामारीका कारण राजश्व संकलन कार्य स्थागित भएपनि पछिल्लो एक महिनाको तथ्याङक हेर्दा राजश्व संकलनमा उल्लेखनीय सुधार आएको प्रहरीको भनाई छ । प्रहरीले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७५÷०७६ मा ५२ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तैे नौँ हजार सवारी साधनलाई कार्बाही गरेको तथ्याङकमा उल्लेख छ । आर्थिक बर्ष ०७६÷७७ मा ३६ लाख ३९ हजार पाँच सय राजश्व संकलन भएको छ भने ६ हजार ३०७ सवारी साधन कार्बाहीमा परेका छन् । आर्थिक बर्ष ०७७÷०७८ मा ३५ लाख ७ हजार रुपैयाँ राजश्व संकलन भएसँगै ५ हजार ५०३ सवारी साधन कार्बाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक बर्ष ०७८÷७९ मा ३२ लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । पछिल्लो चालु आर्थिक बर्षको तथ्याङक हेर्दा राजश्व संकलन कार्यमा उल्लेखनीय सुधार भएको पाईन्छ । चालु आ.वमा प्रहरीले ५२ सय सवारी साधनलाई कार्बाही गरेको जनाएको छ ।

प्रहरीले पछिल्लो समय जिल्लाका ६ वटा स्थानबाट सवारी चेकजाँचलाई तिव्र पारेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाका मुख्य ठाउँमा सवारी चेकजाँचलाई कडाईका साथ लागू गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार मोदी गाउँपालिकाको डिमुवा, जलजला गाउँपालिकाको मिलनचोक, फलेवास नगरपालिकाको खानीगाउँ, पैयुँ गाउँपालिकाको हुवास जस्तो जनघनत्व र शहरी क्षेत्रमा सवारी चेकिङ्गलाई कडाईका साथ लागू गरेको छ । प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जस्ता कार्यक्रम पनि संचालन गर्ने जनाएको छ ।

ट्राफिक प्रमुख श्रेष्ठका अनुसार प्रहरीले सवारी साधन चेकिङमा कडाई गर्नुका साथै राजश्वमा बृद्धि गरेको बताए । उनले पछिल्लो समय दुर्घटना न्यूनीकरणका लागि सवारी चेकिङलाई कडाईका साथ लागू गरीएको बताउँदै एक महिनाको तथ्याङकलाई हेर्दा राजश्व संकलनमा बृद्धि भएको बताए । उनले नियम विपरित सवारी साधन संचालन गर्ने जो कोहि पनि कार्बाहीको भागिदार हुने बताए ।

Back to top button