“घर–घर जाऔं, काङ्ग्रेस जिताऔं” अभियान पर्वतमा सुरु गर्ने तयारी

पर्वत । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार “घर–घर जाऔं, काङ्ग्रेस जिताऔं” अभियानको पर्वतमा एक कार्यक्रमका बिच जिल्ला कार्यसमिति र केन्द्रिय प्रतिनिधि बिच बृहत छलफल सुरु भएको छ । परिपत्रमा उल्लेखित बँुदाका बारेमा तयारी छलफल आजदेखी सुरु गरिएको हो ।

उक्त अभियान यहि फाल्गुन २९ गतेदेखी चैत २९ गतेसम्म १ महिना संचालन हुने भएकाले तयारीको लागि बृहत छलफल गरिएको हो । फाल्गुन २९ गते देशब्यापी रुपमा दिउँसो १ बजे अभियानको सुभारम्भ गरिने तयारी भएको बताइएको छ ।
जिल्लाको प्रत्येक टोलदेखि जिल्ला सम्म काङ्ग्रेसमय बनाउने अभियानमा सहयोग गर्न सो अभियान मार्फत सम्पुर्ण कार्यकर्तालाई अनुरोध समेत गरिएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय समितिको प्रेसनोटको बारेमा उठेका प्रश्नहरुको जवाफमा बोल्दै केन्द्रिय प्रतिनिधि प्रतिमा गौतम ले मतदाता शिक्षामा महत्त्वपूर्ण ध्यान दिएर मत बदर हुनबाट रोक्नुपर्नेमा जोड दिइन । गौतमले एमसिसि पारित गर्नाले नेपाली काङ्ग्रेसलाई अबको चुनाब जित्न सहज हुने बताएकि छन । एमसिसिको बारेमा जनतामा त्रास छर्ने भ्रमीत गराउने ब्यक्तिको पछि नलागि बुझेर मात्रै अगाडि बढ्न आग्रह गरिन ।

एमालेले पहिले संविधान विघटन गर्न खोजेको र अहिले ससद भवनमा उफ्रेर बिकाश निर्माणमा बोझ बनिरहेको जनताले बुझ्नुपर्ने बताइन । सभापति युवराज जोशिले सबै पर्वतका जनतालाइ काङ्ग्रेस पार्टीमा जोडिन आग्रह गरेका छन । सभापति जोशिले नेपाली काङ्ग्रेस जनताको जस्तो सुकै दुखमा साथ दिन हरपल तयार रहेकाले काङ्ग्रेस संग जोडिन आग्रह गरेका हुन ।
सो कार्यक्रमको अवसरमा जिल्ला सदस्यमा मनोनीत मोदि गाउपालिकाबाट राम बहादुर प्रसाइ, फलेवासबाट देबि प्रसाद बिलासी र जलजलाबाट राजु आचार्य गरि तिनजनालाइ सम्मानित गरिएको थियो । साथै कर्मचारी युनियन र नेपाल दलित संघको केन्द्रिय र प्रदेश स्तरमा निर्वाचित हुनुहुने विभिन्न नेताहरु लाई सम्मान गरिएको छ । नेपाली काङ्ग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पार्टी सचीव अशोक उचै ठकुरीले गरेका थिए ।

त्यस्तै आजै जिल्ला कार्यसमितिको बैठक बसि “घर–घर जाऔं काङ्ग्रेस जिताऔं“ भन्ने अभियानलाई प्रभाबकारी बनाउन जिल्लाभरी ६१ जना प्रतिनिधि छनोट गरेको छ । यसैगरी पार्टी सभापति युवराज जोशिको संयोजकत्वमा १५ सदस्यीय अभियान अनुगमन समिती समेत गठन गरिएको पार्टी सचीव गुप्तनिधी शर्माले जानकारी दिएका छन ।

Back to top button