नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य सम्पादन समितिमा ७ सदस्य मानेनित

पर्वत। नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य सम्पादन समितिमा ७ सदस्य मानेनित गरिएको छ । नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य समितिका सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न बैठकले ७ जनालाई कार्य सम्पादन समितिको सदस्यमा मनोनित गरेको हो । शुक्रवार सम्पन्न पदाधिकारीहरुको बैठकले पार्टीको वर्तमान अबस्था र आगामी योजनाको बिषयमा समेत व्यापक तथा घनिभूत छलफल गरेको क्षेत्रीय सचिव केशव उपाध्यायले बताए । बैठकले संगठन विस्तारका बिषयमा महत्वपूर्ण निर्णय गरेको सचिव उपाध्यायले गण्डकी संचारलाई जानकारी दिए ।

सचिव उपाध्यायका अनुसार क्षेत्रीय कार्य समितिको कार्यसम्पादन सदस्यमा सुरेन्द्र केसी, निर्मल विश्वकर्मा, सागर गिरी, कालिभक्त शर्मा, भगवती शर्मा, मन्जु बिक र महेश शर्मा ‘मधु’, लाई मनोनित गरेको छ । काँग्रेस बिधानको धारा १० को ७ ख बमोजिम कार्य सम्पादन समिति गठन गरिएको हो । मनोनित कार्य सम्पादन समितिले कार्य समितिको बैठक नभएको बेला प्रदेश सभा क्षेत्रीय कार्य समितिको काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउनेछ ।

बैठक प्रश्चात सम्बोधन गदै क्षेत्रीय सभापति क्षेत्रीले संगठनलाई चलायमान र गतिशिल बनाउन कार्य सम्पादन समिति सदस्यको महत्वपूर्ण जिम्मेवारी हुने बताए । उनले आगमी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सबै क्षेत्रको अपनप्त्व हुने गरी कार्य सम्पादन समितिको सदस्य मनोनित गरेको प्रतिक्रिया दिए । साथै क्षेत्रीले काँग्रेसलाई सशक्त बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । ‘हामी स्थानीय तहको निर्वाचनको तयारीमा छौँ, क्षेत्रीय सभापति क्षेत्रीले भने,‘ ’पार्टीका साथीहरुले प्रत्येक गाउँका मुद्दाहरुलाई बोकेर गाउँटोलको भावनालाई नेतृत्व गर्दै ती सबै सबै मुद्दालाई सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश गाउँमा पु¥याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु।’

Back to top button