मोटरसाइकल चोरीमा संग्लग्न ६ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संग्लग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजानिक गरेको छ ।पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगञ्जका १९ बर्षीय महम्मद समिम रहेका छन् ।

झापा जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसँगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरीका प्रबक्ता नवीन राइले बताउनुभयो ।

उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मानिस पक्राउ परेसँगै उनीहरुले विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।साभार ईमेज खबर

Back to top button