रुसी सेनाद्वारा युक्रेनको राजधानी कीवलाई घेराउ,आक्रमण तीब्र

एजेन्सी। रुसी सेनाले युक्रेनको राजधानी शहर कीवलाई आफ्नो नियन्त्रणमा लिन दुइतिरबाट घेरा हालेको छ ।अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले कीवमाथि आफ्नो कब्जा जमाउन दुईतिरबाट आक्रमण तीब्र बनाउँदै लगेको छ । उत्तरमा इरपीन र पूर्वमा ब्रोवरीमा लगातार रुसी सेनाले आक्रमण गरिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । दुबै देशबीच युद्ध जारी छ । युक्रेनका कीव, खारकीव, सुमी, मारीयुपोल, ओडेसा जस्ता शहरहरु रुसी सेनाको बमबारीले थर्किरहेका छन् । युक्रेनका १५ लाख भन्दा बढी मानिसहरु युद्धबाट जोगिन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अझै पनि युक्रेनमाथिको आक्रमण रोकेका छैनन् । कीवलाई नियन्त्रणमा लिन अघि बढेको रुसी सेनाले हतियार र मिसाइलद्वारा आक्रमण अझ तीब्र बनाउन थालेको संचारमाध्यमहरुले जनाएका छन् ।
युक्रेनी सेनाले पनि रुससंग अझै हार मानेको छैन ।

युक्रेनी सेना र त्यहाँका नागरिकहरु रुसी सेना बिरुद्ध लडिरहेका छन् ।रुसी आक्रमणका कारण युक्रेनका धेरै स्थानहरुमा पानीका पाइपहरु ध्वस्त भएका छन् । पीउने पानीको समेत हाहाकार भएको छ ।साभार ईमेज खबर

Back to top button