दशैँ बिदा एक दिन लम्बियो, यी हुन् २०७९ सालमा दिइने बिदाका दिनहरु

काठमाण्डाै – सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।

आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।

यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । साभार उज्यालो अनलाईन

हेर्नुहोस् २०७९ सालका सार्वजनिक बिदाका दिनहरु : 

 

Back to top button