स्थानीय तहको चुनावमा भाग लिने ७९ वटा राजनीतिक दल

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका छन् ।आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन सकेन ।आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए ।

साभार उज्यालो अनलाईन

Back to top button