‘अहिले नै म्यादी प्रहरी माग गरिएको छैन’

काठमाण्डाै – स्थानीय तह चुनावका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । चुनावमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना सार्वजनिक भएकाे भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज बिहीवार एक विज्ञप्ति निकालेर अहिलेसम्म यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको जानकारी गराएको छ । आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

साभार उज्यालो अनलाईन

Back to top button