थप १ सय १२ जनामा कोरोना पुष्टि, ४ सय २० संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी १ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ सय २९ रहेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ४० रहेको छ ।ईमेज खबर

Back to top button