बागलुङमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बिहीबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।मोटरसाइकल सडकदेखि करिब ३०० मिटर तल गहतेरा खोलामा खसेको थियो । मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

Back to top button