धादिङमा ६ किलो गाँजासहित दुई जना पक्राउ

काठमाण्डाै – धादिङमा ६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ पक्राउ परेका छन् । गजुरी गाउँपालिका वडा नं.२ फुर्केखोलामा मंगलबार गाडीमा सुरक्षा जाँच गर्दा ग १९ प ३८६९ नम्बरको स्कुटरमा ६ किलो गाँजा भेटिएको हो ।

प्रहरीले ६ किलो गाँजासहित पोखराका ३७ वर्षका अनिश शाक्य र पोखराकै २४ वर्षका निमु रजकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button