नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्यमा तीन जना मनोनित

पर्वत। नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्यमा तीन जना मनोनित हुनुभएको छ ।मनोनित हुनेहरुमा जलजला गाउँपालिका–७ धाईरिङ निवासी राजु आचार्य, मोदी गाउँपालिका–५ निवासी रामबहादुर प्रसाई ‘जिवन’ र फलेवास नगरपालिकाह–४ मुडिकुवा निवासी देवीप्रसाद बिलासी रहेका छन् ।

जिल्ला सभापति युवराज जोशीले नेपाली कांग्रेसको बिधान २०१७ संशोधन सहितको धारा १२ को उपधारा ५ को ख( २) अनुसार उनीहरूलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस पर्वतले जनाएको छ ।सभापतिले ७ जना जिल्ला सदस्य मनोनित गर्न पाउने अधिकार छ । त्यस्तै १० जना आमन्त्रित जिल्ला सदस्य मनोनित गर्ने विधानमा ब्यवस्था रहेको छ ।

Back to top button