
पर्बत । पर्वत कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । पहिलो, दोस्रो र तेस्रो लहरमा संक्रमित भएका मध्ये सवै निको भएपछि जिल्ला नै कोरोनामुक्त बनेको हो । बुधवार थप २ जना निको भएसँगै कोरोना संक्रमणको संख्या शुन्य बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा संक्रमित भएका ८ सय १४ जना मध्ये सवै निको भएका छन् ।
तेस्रो लहरमा १ हजार ६ सय ५७ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये पिसिआर परिक्षणमा २८ जना र एन्टिजेन परिक्षणवाट ७ सय ८६ जनामा पोजेटिभ देखिएको थियो । तेस्रो लहरमा पर्वतमा २ जनाले ज्यान गुमाएका छन् भने हाल सम्म जिल्लाभर कोरोना संक्रमणवाट ७९ जनाले ज्यान गुमाएका छन् । पर्वतमा कोरोना पोजेटिभ हुने देखि झण्डै ४९ प्रतिशत सम्म पुगेको थियो । स्वास्थ्य कार्यालय पर्वतका कोभिड फोकल पर्सन नारायण रेग्मीले अहिलेको लहर जिल्लामा नियन्त्रणमा आएपनि फेरी फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने बताउनुभएको छ ।