शेयर बजार ३० अङ्कभन्दा धेरैले घट्यो, कारोबार रकम साढे २ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । विकास बैंक, बीमा, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर झन्डै ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।साभार उज्यालो अनलाईन

Back to top button