सरकारी वकिलको कार्यालय पल शाह, हातमा हतकडी

काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मास्कसमेत लगाएका छन् ।जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफूलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।साभार ईमेज खबर

Back to top button