सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि, कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुनको भाउ फेरि बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

सुनको भाउ अझै बढ्न सक्ने अनुमान रहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ । रुस र युक्रेनको  युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको भाउ महंगीदै गएको छ ।साभार उज्यालो अनलाईन

Back to top button