नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट, २४ लाख ४९ हजार जनाको हात खाली

काठमाण्डाै – नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो ।

आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट शेयर बाँडफाँट गर्दा ७७ हजार चार सय ५६ जनालाई १० कित्ताको दरले र तीन जनाले थप ११ कित्ताको दरले शेयर परेको छ । आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जनालाई आईपीओ परेन । यस्तै चार हजार एक सय १६ जनाको आवेदन रद्द भएको छ । नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो । साभार उज्यालो अनलाईन

Back to top button