कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उहाँले बताउनुभयो ।

देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्‍याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने शर्माले जानकारी दिनुभयो ।साभार ईमेज खबर

Back to top button