शेयर बजार सामान्य बढ्यो, २ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हिजाे आइतवार सामान्य घटेकाे शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । जीवन बीमा, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

आज दुई सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ६० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर झन्डै ६ प्रतिशत र बोटलर्स नेपालको शेयर साढे पाँच प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पाँचथर पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । साभार उज्यालो अनलाईन

Back to top button