अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८ पछिकै उच्च बिन्दु हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रुसविरुद्ध पश्चिमा मुलुकहरुको प्रतिबन्धहरु कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसको तेल नकिन्न अमेरिकालाई चौतर्फी दबाब सृजना भइरहेका बेला कच्चा तेलको मूल्य यसैमहिना २ सय डलर पुग्ने अनुमान व्यापारीहरुले गरेका छन् ।अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको कच्चा तेललाई प्रशोधन गरेर त्यसैअनुसारको लागत थपेर भारतले नेपालाई बिक्री गर्छ । जीटूजी सम्झौता अनुसार खरिद गरिएको तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धि अनुसार कै मूल्य बढ्ने भएकाले कच्चा तेलको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुन्छ ।साभार अनलाईन खबर

Back to top button