काेराेना संक्रमण दर घट्दैमा स्वास्थ्य मापदण्ड पालनामा खेलाँची नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।देशमा पछिल्ला हप्ताहरुमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा समेत कमी आएको छ । तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको बताइएको छ ।

तर अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्ट उत्पन्न सक्ने भएकाले अझैपनि संक्रमणको जोखिम भने नटरेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीको भनाइ छ ।

यसैले संक्रमण कम भयो भनेर हेलचेक्र्याईं गर्दा नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो ।

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।साभार ईमेज खबर

Back to top button