महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरूबीच सहमति भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज आइतवार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा महाअभियाेग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

यससम्बन्धी विषय आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राखिने जनाइएको छ । प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते महाअभियाेग प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधि सभा नियमावाली २०७५ को नियम १६२ बमोजिम सिफारिस समिति गठनको व्यवस्था छ ।

यसैबीच आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण सुरु हुन ढिलाइ भएको छ । साभार उज्यालो अनलाईन

Back to top button