आन्तरिक हवाई उडानको भाडा बढ्यो

काठमाण्डाै – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

हेर्नुस् कुन रुटकाे भाडा कति रुपैयाँले बढ्याे :


साभार ईमेज खबर

Back to top button