पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१० कुडहर चोकमा आज (शनिबार) बिहान पौने ३ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पोखरा-१३ बाझपाटनका २५ वर्षीय नन्द प्रसाद गुरुङको मृत्यु भएको हो ।गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान सवा ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Back to top button