पर्वतमा स्थानीय तहको निर्वाचनको लागि मतदाताको विवरण अद्याबधिक गरिँदै

पर्वत । स्थानीय तहको निर्वाचनको तयारीको क्रममा पर्वतमा मतदाता विवरण अध्यावधिकको काम शुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्चाउनका लागि निर्वाचन कार्यालय पर्वतले आव्हान गरेको हो । मतदाता नामावलीमा रहेको त्रुटि सच्चाउन शुरु भएको छ ।

निर्वाचन आयोगको वेवसाईट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरि अध्यावधिक गर्न कार्यालयले अनुरोध गरेको हो । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले निर्वाचन आयोगको वेवसाईटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिण्ट गरेर पठाईएको हुनाले आफ्नो विवरण हेरेर सच्चाउनुपर्ने भएमा वडाको सिफारिस सहित निर्वाचन कार्यालयमा आउन अनुरोध गर्नुभयो ।

एक हप्ताको अवधिमा विवरण सच्चाउन नआउनेले पछि विवरण सच्चाउने मौका नपाउने शर्माले बताउनुभयो । राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागीतामा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यवधिक र कार्यालयको निर्वाचित लक्षित तयारीको बारेमा आज एक कार्यक्रम गरेर जानकारी दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगको वेवसाईटमा पर्वतमा १ लाख २३ हजार १ सय ८५ जना मतदाताको विवरण सार्वजनिक भएको छ । २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्याक्तिहरुले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनुभयो । ]

स्थानीय तह अनुसार हेर्दा अहिले कुश्मा नगरपालिकामा ३१ हजार ६१० जना, जलजला गाउँपालिकामा १६ हजार ४९२, मोदी गाउँपालिकामा १९ हजार ७९७ जना, पैयुँ गाउँपालिकामा ११ हजार ७७३ जना, फलेवास नगरपालिकामा २३ हजार ७९४ जना, महाशीला गाउँपालिकामा ८ हजार ४५० जना र बिहादी गाउँपालिकामा ११ हजार २६९ जना मतदाता रहेका छन् । यसरी हेर्दा अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ भन्दा अहिले १५ हजार ८८५ जना बढि रहेको देखिन्छ । यद्यपी दावी विरोध पश्चात यो संख्या केहि घट्ने कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले निर्वाचन कार्यालयले निर्वाचनको तयारी आजबाटै गरेर सहज तरिकाले निर्वाचन सम्पन्न गर्ने अभ्यास शुरु गर्न अनुरोध गर्नुभयो । उहाँले निर्वाचन कार्यालय संगै जनप्रतिनिधी र राजनीतिक दलले पनि निर्वाचन शिक्षा देखि नागरिक स्तरसम्म निर्वाचनको उत्साह जागृत गराउन अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले शुद्ध नामावली, स्वच्छ निर्वाचन भन्ने मुलमर्मलाई ख्याल गर्नुपर्ने बताउनुभयो । निर्वाचनको लागि आवश्यक शान्ती सुरक्षा, सवारीको व्यवस्थापन लगायतको तयारी शुरु भैसकेको बताउनुभयो ।

Back to top button