प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा

पर्वत । प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा परेको छ । पर्वतका विभिन्न धार्मीक तथा पर्यटकीय स्थल मध्ये चर्चित स्थानको रुपमा सहस्रधारा झरना पनि परिचित छ । झरना हेर्न र नजिकै रहेको दिव्यधाममा पूजा गर्न पर्यटकहरू आउने गरेका छन् । तर यसको प्रचार नहुँदा सम्भावना भएर पनि ओझेलमै रहेको जानकारहरू बताउँछन् । मुक्तिनाथ जाने तिर्थयात्री र वरिपरिका जिल्लाबाट मानिसहरू स्नान र दर्शनका लागि सहस्रधारा झरनाआउनेकुश्मा नगरपालिका १ का गोमा रिजालले बताउनुभयो ।

सहस्रधारामा १०८ धारा निर्माण गरिएको छ । भिरालो ठाउँमा भएका वर्षेनी बाढि पहिरोले यहाँको सिढी र धारोमा क्षती पुराउँदै आएको छ भने सत्तल र मन्दिर पनि जीर्ण हुँदै गएको छ । सहस्रधाराको प्रचारसँगै त्यहाँ सिढी निर्माण, सत्तल र बगैँचा निर्माण लगायतका काम गर्न थालेको सहस्रधारा दिब्यधाम व्य्रस्थापन समितिका अध्यक्ष कृष्णवहादुर केसीले बताउनुभयो ।

कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्यामा बस्ने र सहस्रधारामा नुहाउने जाने गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहि भएर सहस्रधारा क्षेत्रलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा चिनिन्छ । धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय पाकापुस्ताहरु बताउँछन् । मुक्तिनाथ जाने तिर्थयात्री र वरिपरिका जिल्लाबाट मानिसहरु स्नान र दर्शनका लागि आउने गरेका छन् । बन्जिजम्प, जीपलाईन, स्काई साइकिलिङ, स्काई स्विङ जस्ता साहसिक पर्यटनमा पर्वतको नाम कहलिन थालेको छ ।

Back to top button