पर्वतको खौलामा महिला संघ गठन

पर्वत । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाकुरीमा रिता क्षेत्री (अमृता)को अध्यक्षतामा २१ सदस्यीय महिला संघ गठन भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल महिला संघ पर्वतका सभापति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि मुना शर्मा लामीछानेले सरकारले वैशाख ३० गते चुनावको मिति तय गरीसकेको अवस्थामा महिलाहरुले पनि आफूहरुलाई ससक्त बनाउदै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । स्थानीय तहका प्रमुख देखि साँसद सम्म पुगेका अधिकाँश महिला नेता नेपाल महिला संघ बाट राजनीति गर्दै उक्त स्थानमा पुगेको भन्दै महिला संघमा आवद्ध भएर उच्च स्थानमा पुग्न महिलाहरुलाई आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल महिला संघ पर्वतका जिल्ला कार्यसमिति सचिब सुसिला शर्मा,कार्यसमिती सदस्य रूपा थापा गुरूङ ,क्षेत्रीय प्रतिनिधि धर्मा के सी,पुर्ब गाविस उपसभापति मानबहादुर सुनुवार, कुश्मा नगरपालिका १३ का वडा सभापति रामबहादुर नेपाली,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कमला शर्मा लगायतले बोल्दै नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए । नेपाल महिला संघ कुस्मा नगर समितीका सभापति संगिता लामीछाने अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिलासंघका स्थानीय शुभेच्छुक सुमित्रा नेपालीको स्वागत र नेपाल महिला संघ कुस्माका नगर सदस्य सबिता शर्माको संचालनमा सम्पन्न भएको हो ।

Back to top button