कुुस्मा नगरका सडक कालोपत्रे गरिदै: नागरिक खुशी

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सबै मुख्य सडकलाई कालोपत्रे गर्ने योजना कार्यान्वयन गरेपछि नागरिक खुशी भएका छन् । नागरिकको जनजीवन सडकका कारण सहज हुने भएकाले नागरिकमा खुशी छाएको हो । कुश्माका सबै ग्रामीण सडक कालोपत्रे गर्न सघन शहरी विकास तथा भवन निर्माण विभाग संग कुश्मा नगरपालिकाले हालै ५० करोड रुपैयाँ बराबरको कार्यक्रम प्राप्ती गर्ने गरि सम्झौता गरेको छ ।

नगरपालिकाले कुश्मा नगरपालिका वडा नम्बर १ पाङ र वडा नम्बर २ खुर्कोटमा योजना छनौट गर्न पुगेको थियो । नगरप्रमुख, उपप्रमुख तथा वडाका जनप्रतिनिधी संग स्थानीयले महत्वपूर्ण योजना अगाडी बढेकोमा खुशी व्यक्त गरेका हुन् । सघन शहरी विकास कार्यक्रम अन्तर्गत बस्ती समेट्ने गरि मुख्य सडक कालोपत्रे गर्ने कार्यक्रम रहेको छ । यसले गाउँमा ट्रयाक खोलेर अस्तव्यस्त अवस्थाको सडक सुधार हुने भएकाले गाउँका बासिन्दा खुशी भएको खुर्कोटका नारायण गिरीले बताउनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने सहित खुर्कोट र पाङमा पुगेर सडकहरुको अवस्थाको बारेमा जानकारी लिनुभएको छ भने पक्कि बनाउने सडक छनौटका विषयमा अन्तरक्रिया गर्नुभएको थियो । कुश्मा नगरपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका नगरप्रमुख जोशी र उपप्रमुख लामिछानेले कुश्माका सबै सडक पाँच वर्षको अवधिमा कालोपत्रे गर्ने घोषणा गर्नुभएको थियो । वहुवर्षे योजनामा समेटिने सडकहरु सहज बनाउन कार्यकालको अन्त्यमा भएपनि शुरुवात हुन लागेकोमा नगरवासीहरु उत्साहित भएका छन् ।

Back to top button