राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण

दाङ – दाङको घोराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण भएको छ ।प्रतिष्ठानका डिन, हाडजोर्नी रोग विशेषज्ञ डा.सागर क्षेत्री (पन्थी) नेतृत्वको चिकित्सक, नर्सको टोलीले कुहिनोको जोर्नीको प्रत्यारोपण सफल गरेको हो । अप्रेसनपछि बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो । पछिल्लो समय प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरु उपचार गर्न आउने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।आईसीयू, भेन्टिलेटर, सिटिस्क्यानसहितको सेवा विस्तार भएपछि प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको चाप बढेको छ । अहिले एमआरआई मेसिन पनि थपिएपछि प्रतिष्ठानको थप सेवा विस्तार भएको छ ।एमआरआई मेसिन सेटअप गर्न केही समय लाग्ने प्रतिष्ठानले जानकारी दिएको छ।साभार उज्यालो अनलाईन

Back to top button