पर्वतका सवै स्थानीय तहमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्य शुरु

पर्वतका सवै स्थानीय तहमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्य शुरु भएको छ । गरिबीको रेखामुनि परेका परिवारहरुको तथ्यांक संकलन गरी उनिहरुलाई परिचय पत्र वितरण गर्न थालिएको हो । अहिले जिल्लाका सातवेटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षकहरु परिचालन गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिब परिवार पहिचान गरी उनिहरुलाई राज्यको तर्फवाट राहत प्याकेज सहयोग गर्ने उद्धेश्यले तथ्यांक संकलन गर्न थालिएको हो । यसको मुल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्ययोजना अनुसार उनिहरु फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिनुभयो ।

स्थानीय तहहरुले मातहतका बासीन्दाहरुलाई सहि तथ्यांक टिपाउन आग्रह गरेका छन् । उनिहरुले जति धेरै सत्यतथ्य सुचना संकलन भयो त्यतिनै धेरै राज्यले प्रत्यक्ष गरिब परिवारलाई सहयोग पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिउको छ । जिल्लाभर परिचालक हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्व्य समितिले केहि दिन अघि ६ दिने तालिम समेत दिईसकेको छ ।

Back to top button