संयुक्त राष्ट्रसंघको महासभामा नेपालद्धारा रुसविरुद्ध मतदान

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घको आपत्कालीन महासभामा नेपालले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ ।राष्ट्र सङ्घ महासभामा भएको मतदानमा नेपाल, अमेरिकासहित एक सय ४१ सदस्य देशले युक्रेनमाथि भएको आक्रमणको विरोधमा मत दिएका हुन् । तर चीन र भारतसहित ३५ देश भने मतदानमा तटस्थ बसेका छन् ।

सिरिया र उत्तर कोरियासहित पाँच देशले पक्षमा मत गरेका छन् । न्युयोेर्कमा रहेको संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा गएराति मतदान भएको थियो । संयुक्त राष्ट्र सङ्घमा एक सय ९३ सदस्य देश छन् ।प्रस्तावमा ‘राष्ट्र सङ्घको बडापत्रको धारा २ (४) को उल्लङ्घन गर्दै युक्रेनविरुद्ध रुसी सङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ । रुस–युक्रेन युद्ध तथा शान्तिवार्ताको पहल भइरहेका बेला महासभामा मतदान भएको थियो ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो । यसअघि राष्ट्र सङ्घीय मानवअधिकार परिषदमा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषदमा ४७ देश सदस्य छन् ।साभार उज्यालो अनलाईन

Back to top button