शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको मन्त्री शर्माको दाबी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी गर्नुभएको छ ।पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गर्नुभयो ।आजैबाट पुँजीबजार सुधार नयाँ ढंगबाट अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

यसबीच ‘फलानो पार्टीको फलानो मन्त्री भएकाले सेयर बजार घटेको’ भन्दै राजनीतिकरण गरिएकोप्रति पनि अर्थमन्त्रीले आपत्ति जनाउनुभयो ।आफूले सबै लगानीकर्ताको सुरक्षा र हितका लागि पुँजी बजारलाई स्वच्छ र पारदर्शी बनाउन खोजेको उहाँको दाबी छ ।निश्चित स्वार्थ समूहले आफूविरुद्ध भ्रम फैलाएर सबै लगानीकर्तालाई दिगभ्रमित पार्न खोजेको मन्त्री शर्माले दाबी गर्नुभयो ।पुँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरूको धारणा लिन अर्थमन्त्रीले छलफल बोलाउनुभएको हो ।साभार ईमेज खबर

Back to top button