फागुन १९ मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

फागुन १९ गते परेको ग्याल्पो ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
गुरुङ जातीको बसोबास बाक्लो रहेको गण्डकीमा ल्होसारको अवसरमा बिदा दिने भनी २०७७ चैत १७ मा बसेको मन्त्रीपरिषद्ले निर्णय गरेर राजपत्रमा प्रकाशन गरिएको थियो । सोही अनुसार यस वर्षको ग्याल्पो ल्होसार परेको दिन बिहीबार प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक र सार्वजनिक संस्थानहरूमा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचनामा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारले यस अगाडि माघ १९ मा बनाइएको सोनम ल्होसार र पुस १५ मा मनाइएको तमु ल्होसारमा पनि सार्वजनिक बिदा दिएको थियो ।

Back to top button